नेदरल्याण्डको प्रभावशाली जित

by समतल अनलाइन
Shares

काठमाडौँ, २४ भदौ । गएराति भएको युरो कप छनोटमा नेदरल्याण्डले स्टोनियालाई ४–० गोलले पराजित गरेको छ ।

खेलको १७ औ मिनेटमा बाबेलले गोल गर्दै अग्रता दिलाए । खेलको ४७ औ मिनेटमा हेडमार्फत उनैले नेदरल्याण्डको अग्रता दोब्बर पारे ।

नेदरल्याण्डका लागि खेलको ७६ औ मिनेटमा मेम्फिस डीपेले गोल गरे ।

खेलको अन्तिम समयमा जर्जिन्हो विजनलमले गोल गरे ।

तेस्रो स्थानको नेदरल्याण्डले ४ खेलबाट ९ अंक जोडेको छ । नर्दन आयरल्याण्ड ५ खेलबाट १२ अंक रहेको छ ।

You may also like