नेपालले पहिलोपटक घरेलु मैदानमा बंगलादेशसँग ऐतिहासिक टी–२० शृंखला खेल्ने

by समतल अनलाइन
27Shares

काठमाडौँ । नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशसँग ऐतिहासिक तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को संयुक्त आयोजनामा सन् २०२७ मार्चमा शृंखला सञ्चालन हुने भएको हो। त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेलहरू वि.सं. २०८३ चैत १२, १४ र १६ गते अर्थात् सन् २०२७ मार्च २६, २८ र ३० मा खेलिनेछन्।

घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो नेपालको पहिलो अवसर हो। शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितहरूको स्मृतिमा समर्पित गरिने जनाइएको छ।

यसैगरी, बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम तथा प्राविधिक क्षमता अभिवृद्धिका क्षेत्रमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

You may also like