गुल्मी–१ बाट महाधिवेशन प्रतिनिधिमा होबिन्द्र कार्कीको उम्मेदवारी

by समतल अनलाइन
29Shares

गुल्मी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गुल्मी क्षेत्र नं. १ बाट होबिन्द्र कार्कीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
कार्कीले खुला तर्फबाट महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी अघि सारेका हुन्। पार्टी संगठनमा सक्रिय रहँदै आएका उनले महाधिवेशनमार्फत कार्यकर्ताको भावना र अपेक्षालाई नेतृत्व तहसम्म पुर्‍याउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।

आफ्नो उम्मेदवारीलाई संगठनलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउने अवसरका रूपमा प्रस्तुत गर्दै कार्कीले पार्टीका नीति, विचार र सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न आफूले भूमिका खेल्ने बताएका छन्।

महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए क्षेत्रका कार्यकर्तासँग निरन्तर संवाद गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षालाई पार्टीको नीति तथा निर्णय प्रक्रियासम्म पुर्‍याउने आफ्नो प्राथमिकता रहने कार्कीको भनाइ छ।

उनले पार्टीभित्र सबै पुस्ताबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै अग्रजको अनुभव तथा युवाको ऊर्जा र नयाँ सोचलाई संगठन निर्माणमा जोड्नुपर्ने धारणा राखेका छन्।

गुल्मी क्षेत्र नं. १ मा कांग्रेसको १५औँ महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेका बेला कार्कीले पनि खुला तर्फ महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै कार्कीले क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, अग्रज नेता तथा शुभेच्छुकबाट साथ, सुझाव र विश्वासको अपेक्षा गरेका छन्।

You may also like