अर्घाखाँची ‘ख’ बाट प्रदेश प्रतिनिधिमा दीपक केसी मैदानमा

by समतल अनलाइन
32Shares

अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँची प्रदेशसभा क्षेत्र नं. ‘ख’ बाट प्रदेश प्रतिनिधि पदका लागि दीपक केसीले उम्मेदवारी घोषणा गरेका छन्।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै महाधिवेशनमा सहभागी हुने उद्देश्यसहित केसीले आफ्नो उम्मेदवारी अघि सारेका हुन्। उम्मेदवारी घोषणासँगै उनले पार्टीभित्र एकता, संगठन सुदृढीकरण र युवा नेतृत्वलाई प्राथमिकता दिने विषयलाई जोड दिएका छन्।

केसीले अग्रज पुस्ताको अनुभव र युवाको ऊर्जा तथा नयाँ सोचलाई समेटेर पार्टी संगठनलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन्। कांग्रेसको लोकतान्त्रिक मूल्य, राष्ट्रियता र समाजवादका आदर्शलाई आत्मसात् गर्दै संगठनलाई एकताबद्ध र गतिशील बनाउने आफ्नो प्रतिबद्धता रहेको उनले बताएका छन्।

प्रदेश प्रतिनिधिका रूपमा निर्वाचित भए क्षेत्रका कार्यकर्ता तथा युवाका आवाजलाई पार्टीको नीति र निर्णय प्रक्रियासम्म पुर्‍याउन पहल गर्ने केसीको भनाइ छ। उनले संगठनभित्र युवाको अर्थपूर्ण सहभागिता बढाउँदै नयाँ पुस्तालाई नेतृत्व विकासका अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
आफ्नो उम्मेदवारीलाई संगठनमा नयाँ ऊर्जा थप्ने अवसरका रूपमा प्रस्तुत गर्दै केसीले अग्रज नेता, कार्यकर्ता, क्रियाशील सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरूसँग सहकार्य र संवादलाई निरन्तरता दिने बताएका छन्।

उनले आफ्नो पक्षमा मत तथा समर्थनका लागि आग्रह गर्दै एकता, संगठन र युवा नेतृत्वलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

You may also like