भारतीय अतिक्रम विरुद्ध कलौनीमा आदिवासी जनजाति महासंघ सैनामैना नगर समन्वय परिषदको विरोध सभा सम्पन्न

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साको बिरोध गर्दै आदिवासी जनजाति महासंघ सैनामैनाले शुक्रबार बिरोध सभा सम्पन्न गरेको छ । आज सैनामैना ६ कलौनी स्थित हाटबजारमा कालापानी , लिम्पियाधुरा , लिपुलेक सहित नेपाली भूमिमा भारतको गिद्धे नजर परेको भन्दै संघले बिरोध सभा गरेको हो ।

बिरोध सभामा बोल्दै आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका अध्यक्ष शंकर गाहाले भारती भूमि रक्षाका लागि नेपाली सेनाले गरेको योगदान बिर्सेको भन्दै देशको एक ईन्च सिमा मिच्ने कोसिस भारतले गरेमा नेपाली ट्वाल्ल हेरेर नबस्ने बताउनुभयो ।

यस्तै नेपाल मगर संघ प्रदेश नं ५ का सदस्य सञ्जिब थापाले देशको सिमा मिचेर भारतले नयाँ नक्सा सार्वजनिक गर्दा सरकार आखा चिम्लेर बसेको तर जनता सिमा रक्षाका लागि हरपल लडिरहेको कुरा ब्यक्त गर्नुभयो । भने बिरोध सभामा आदिवासी जनजाति महासंघ सैनामैना अध्यक्ष सुर्य बिक्रम राणा , थारु कल्याणकारी सभा सैनामैना नगर अध्यक्ष दुल बहादुर थारु लगायतले आफ्नो मन्तब्य राख्नुभएको थियो । आदिवासी जनजाति समन्वय परिषदका नगर अध्यक्ष मोति प्रसाद राणाको अध्यक्षतामा सम्पन्न भएको सभाको सञ्चालन आदिवासी जनजाति महासंघ नगर सचिव बिष्णु सर्तुङ्गेले गर्नुभएको थियो ।

 
 
  
 

You may also like