बुटवलमा सुतेर फिल्म हेर्न मिल्ने मल्टिप्लेक्स संचालनमा

१३ मंसिर २०७६, शुक्रबार

बुटवल । बुटवलको भाटभटेनीमा डिजिटल मल्टिप्लेक्सका रुपमा तेस्रो र सबैभन्दा ठूलो मल्टिप्लेक्स मा आएको छ । काठमाण्डौं उपत्यकापछि बुटवलका दर्शकहरुले पनि अब प्रविधियुक्त र स्तरिय सुविधा सहित फिल्म हेर्न पाउने भएका छन । दर्शकले सुतेरै फिल्म हेर्न मिल्नेगरी बुटवलको भाटभटेनीमा क्यूएफएक्स सिनेमाजले नयाँ मल्टिप्लेक्स शुभारम्भ गरेको हो ।

३ सय ६८ क्षमताको मल्टिप्लेक्समा डेफ्ट क्यू थ्री डी प्रविधि प्रयोगगरिनुका साथै दुई वटा स्क्रिन सहितको यस हलमा डल्बी एट्मोस साउण्ड प्रविधिको प्रयोग नयाँ र अत्याधुनिक सिस्टममा तयार पारिएको मल्टिप्लेक्समा देखाइने चलचित्रहरुको क्वालीटी उच्च हुने लिगल सिनेमाज् प्रालीका अध्यक्ष नकिम मुद्धिमले बताए ।

भाटभटेनीको पाँचौ तल्लामा रहेको मल्टिप्लेक्सको शुभारम्भ गरिएको जानकारी गराउन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै क्यूएफएक्सका अथोराइट मार्केटर विवेक पोखरेलले हलबारे जानकारी गराए ।

स्तरीय साउण्डसँगै स्तरीय भिडियो क्वालीटि रहेको स्क्रिनमा फ्लिम हेर्ने अवसर जुराएको कम्पनीको देशभर ११ वटा मल्टिप्लेक्समा २५ वटा स्क्रिन रहेको उनले जानकारी गराए ।

कम्पनीले यसै महिना विराटनगरको भाटभटेनी सुपरमार्केटमा समेत २ स्क्रिन सहितको मल्टिप्लेक्स सञ्चालनमा ल्याउने तयारी रहेको पोखरेलले बताए । बुटवलको अमर पथमा रहेको भ्यू सिमा र राजमार्ग चौराहमा द्वारिका उदय यसअघि नै सञ्चालनमा आएका डिजिटल सिनेमा हल हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया