लायन्स क्लव अफ बुटवलको आयोजनामा सामुहिक वेलविवाह

by समतल अनलाइन

बुटवल। बुटवल र लायन्स क्लव अफ बुटवलको आयोजनामा नेवार समुदायमा सामुहिक वेल विवाह कार्यक्रम आयोजना गरिएको छ । लायनेश क्लव अफ बुटवल, लायन्स क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलको संयुक्त आयोजनामा भएको समुहिक बेल बिवाह कार्यक्रममा ५२ जना बालिका सहभागि छन् ।

बुटवल ५ मा रहेको राधाकृष्ण अमर कृतन मन्दिरमा भएको सामुहिक वेल विवाह कार्यक्रममा आज बुधबार वेलको पुजा गर्ने तथा भोली बिहिबार कन्यादानको कार्यक्रम रहने लायनेश क्वल अफ बुटवलकी अध्यक्ष पुजन श्रेष्ठले बताउनु भयो ।

नेवार समुदायमा कन्यालाई बेलसंग विवाह गर्ने प्रचलन छ । वेलसंग बिवाह गरेपछि पछि बिवाहमा जग्या राख्नु नपर्ने र श्रीमानको निधन भएमा पनि अन्यसंस्कृतीमा जस्तो नहुने उहाँले बताउनु भयो । पहिले वेल विवाहकै लागि काठमाण्डौ जानुपर्ने बाध्यता थियो । यहि बाध्यता अन्त्य गर्नकालागि लायनेश क्वल अफ बुटवलले ३२ वर्ष पहिलेदेखि बुटवलमा सामुहिक वेल विवाह सुरु गरेको थियो । ‘नेवार समुदायमा कन्या रजश्वला नहुँदै सुवर्ण कुमार ९बेल०को विवाह गरेमा विवाह पछि श्रीमानको मृत्युमा पनि दोश नलाग्ने विश्वास गरिन्छ ।’ लायन्स क्लवका पूर्व डिष्ट्रिक्ट गभर्नर महेन्द्रनारायण श्रेष्ठले भन्नुभयो । सेवाकालागि स्थापित लायनेश क्लवले पहिलो पटक बुटवलमा बेल विवाहको सुरुवात गरेपछि अहिले सामुहिक वेलबिवाहको परम्परा स्थापित भएको छ भने क्लवले समेत प्रत्येक वर्ष सामुहिक बेल विवाह कार्यक्रम गर्दै आएको क्लवकी पूर्व अध्यक्ष तथा वेलविवाह कार्यक्रमकी संयोजक शर्मीला जोशीले बताउनु भयो ।

 
 
  
 

You may also like