तिलोत्तमामा जेब्रा झोलामा पोका पारेर फालेको अवस्थामा एक युवाको शव फेला

by समतल अनलाइन

बुटवल।रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ । सोमबार बिहान तिलोत्तमा नगरपालिका वडा नम्बर-१३ चिलिया स्थित खेतमा जेब्रा झोलामा पोका पारिएको अवस्थामा अन्दाजी २५/२६ वर्ष उमेरका युवाको शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार खेतमा काम गर्न गएका स्थानीयले बोरामा पोका पारेको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार उक्त शव करिब १ सातादेखि रहेको हुन सक्ने प्रहरी नायव उपरीक्षक पण्डितले बताए । मधेशी मूलको जस्तो देखिने उक्त पुरुषको शवलाई भित्रबाट प्लाष्टिकको बोरामा पोको पारी बाहिरबाट तन्ना र त्यसबाहिर जेब्रा झोलामा पोका पारिएको अवस्थामा भेटिएको हो ।

शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । शव बारे कुनै पनि पहिचान नखुलेको र हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like