गुल्मीको रिमुवामा पनि उपनिर्वाचनको रौनकता, दुई दल नेपाली काँग्रेस र नेकपा बिच प्रतिस्पर्दा

by समतल अनलाइन

मनोज कार्की
गुल्मी। उप निर्बाचनको मिति नजिकिए संगै गुल्मीमा पनि चुनाबी चहलपहल र यसको रौनकता बढ्दै गएको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नं ६ रिमुवामा वडाध्यक्षको लागि हुन लागिरहेको उपनिर्बाचनमा रौनकता र चहलपहल बढ्दै गएको हो । उपनिर्बाचनको लागि दुई ठुला दलका नेता आफ्ना उम्मेद्धवारलाई निर्बाचनमा सहयोगका लागि गाउँमै हेमिएका छन् तर रिमुवाका नागरिकमा कतै हर्ष उमंग त कतै निराशा देखिएको छ ।

रिमुवामा वडा अध्यक्षको लागि आउँदो १४ गते उप निर्बाचन हुदैँ छ । दुबै राजनितिक पार्टिका जिल्लामा क्रियाशिल नेताहरु चुनाबी प्रचार प्रसारमा लागि परेका छन् । तर यो चुनाबि मैदानमा ठुला राजनैतिक दल नेपाली काँग्रेस र नेकपाले आआफ्नै उम्मेद्धवारले जित्ने ठम्याई गरेका छन् । नेकपा गुल्मीका अनुसार यस भन्दा अघिको निर्बाचन जितेको कारणले यसपाली पनि नेकपाले जित्ने पक्का भएको छ । बर्तमान सरकारको काम हेरेर र सत्ताको जसरी दुरपयोग भएको छ त्यस्तै कारणले गर्दा पनि जित नेपाली काँग्रेसको नै हुने काँगे्रस गुल्मीको प्रतिक्रिया छ ।

को कस्ले गराएका छन्उम्मेद्वारी दर्ता

यहि मङसिर १४ गते हुने भनिएको उपनिर्बाचनको लागि जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं ६ रिमुवामा वडा अध्यक्षका लागि यहि कार्तिक २७ गते नेपाली काँग्रेसको तर्फबाट बेद बहादुर दर्लामी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि नेकपा बाट गिरि प्रसाद सिन्जाली तथा एक जना स्वतन्त्र उम्मेद्धवार मन बहादुर दर्लामीले मनोनयन दर्ता गराएका छन् ।

२०७ ४ सालको स्थानिय तहको निर्बाचनमा एमालेबाट निर्बाचित अध्यक्ष पुर्ण बहादुर रेग्मीको निधन भएपछि उपनिर्बाचन हुन लागेको हो । उनकोे दुर्घटनमा परि ज्यान गएका थियो । यो उपनिर्बाचन लाई सरकारले परिक्षाको रुपमा लिएको छ तर बिजयीको माला कस्ले हात पार्ने हो त्यो भने हेर्ने बाकीँ नै छ ।

 
 
  
 

You may also like