टी–२० विश्वकपको सुपर–८ मा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

काठमाडौँ । जारी टी–२० विश्वकप अन्तर्गत आज (बुधबार) देखि सुपर–८ का खेल शुरु हुँदैछन् । सुपर–८ को पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् ।

एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि शुरु हुनेछ । यस विश्वकपको समूह चरणमा दक्षिण अफ्रिकाले समूह ‘डी’ का चारै खेलमा जित हासिल गरेर ८ अंकसहित शीर्ष स्थानमा रहेर सुपर–८ मा पुगेको छ । दक्षिण अफ्रिका समूह चरणमा भाग्यको साथमा निकै प्रतिष्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडि बढेको छ ।

नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रिकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ । त्यस्तै अमेरिका भने यस विश्वकपको ‘सरप्राइज’ टिम बनेर अगाडि आएको छ । अमेरिकाले समूह चरणमा पाकिस्तानलाई पराजित गरेर अगाडि बढेको छ । त्यस्तै अमेरिकाले भारतसँगको खेल हारे पनि ल्याण्डलाई पराजित गरेको थियो भने आयरल्याण्डविरुद्धको खेल बर्षाले रद्द भएको थियो ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैन । पहिलो पटक खेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण रहेको छ । सुपर–८ को समूह २ मा रहेका दुवै देशले वेष्ट इण्डिज र इङल्याण्डसँग एक–एक खेल खेल्ने छन् ।

 
 
  
 

You may also like