डेढ अर्बले घटाएर लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आर्चायले आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेशको बजेट आकार डेढ अर्बले घटेको छ ।

कुल बजेटमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख रूपैयाँ र पुँजीगतर्फ २४ अर्ब ५८ करोड रूपैयाँ विनियोजन गरिएको छ । यस्तै वित्तीय हस्तान्तरणका लागि मन्त्री आचार्यले ३ अर्ब १४ करोड रूपैयाँ विनियोजन गरेका छन् ।

आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड, संघबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड, संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड हुने अनुमान गरिएको छ ।

 
 
  
 

You may also like