वर्तमान सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै वर्तमान सत्ता समीकरण निरन्तर रहने बताएका छन् । तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले वर्तमान सत्ता समीकरणमा कुनै समस्या र असमझदारी नरहेको प्रष्टीकरण दिए । समझदारीअनुरूप नै सत्ता समीकरणले निरन्तरता पाउने उनको दाबी थियो । ‘आजभोलि बजारमा सरकार के हुन्छ, सत्ता समीकरण के हुन्छ भन्ने किसिमको प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशङ्का म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौं । समझदारीका साथ नै अगाडि बढ्छौं । सत्ता समीकरणमा कुनै समस्या छैन र हुँदैन,’ उनले भने ।

 
 
  
 

You may also like