घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार (आज) मध्यरातिपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ पर्नेछ ।

मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ । त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।

 
 
  
 

You may also like