सरकारले सुन्छ सीमाबासीको समस्या ? जमिनको कर तिर्छन् नेपाली, भोगचलन गर्छन् भारतीय

by समतल अनलाइन

वीरगञ्ज । अघिल्लो वर्ष नेपाली भूमि मिचेर भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर वीरगञ्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् ।

बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर १४ र १८ को भूमिकर उनले चालू आर्थिक वर्षको पनि असारसम्मको नै तिरेका हुन् ।

मुलुकको पछिल्लो संरचनाअनुसार स्थानीय पालिकामा नै भूमिकर तिर्ने नीतिअनुसार आफूले वीरगञ्ज महानगरपालिकामा पुगी भूमिकर तिरेको कोइरीले बताए ।

भूमिकरबापत मैले विवादित जग्गासहितको आफ्नो लालपुर्जा भएको जग्गाको १२ हजार ३३५ रुपैयाँ राज्यलाई भूमिकर बुझाए उनले भने । राजधानी दैनिकबाट

 
 
  
 

You may also like