कसले सुन्छ महिलाको पीडा ! समाजले अपुत्रो भन्ने डरले छोराको आशमा ११ पटक सुत्केरी

by समतल अनलाइन

काठमाडौं । ‘छोरा नभए अपुत्रो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ । तीन सन्तानको सानैमा निधन भयो ।

अझै छोरा जन्मिएन,’ शुभकालिका गाउँपािलका–३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् । छोरा पाउने आसमा ११ चोटी सुत्केरी हुँदा पनि छोरा नजन्मिँदा शुभकालिका गाउँपािलका –३ की जमरा रोकाया समाजबाट अपहेलित हुनुपर्यो ।

अहिले जमराको १ छोरा जन्मियो, अनि समाजले सफल महिला ठान्यो । जमराका आठ छोरी छन् । छोरीहरुको विवाह भएर पनि जमराले नाति, पनातिदेखि सकिन् । अंश खाने छोरा नै चाहिन्छ भन्ने समाजले गर्दा धेरै दुख पाएको उनले सुनाइन् । राजधानी दैनिकबाट

 
 
  
 

You may also like