सबैजसो विदेशी मुद्राको मूल्य बढ्यो, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ २७ पैसा निर्धारण भएको छ ।

हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५८ पैसा थियो । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७० रुपैयाँ २८ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा थियो ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४८ पैसा थियो । आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ ।

हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३४ पैसा थियो । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४१ पैसा थियो ।

 
 
  
 

You may also like