अर्घाखाँचीका जितबहादुर बुटवलबाट वेपत्ता

बुटवल ।अर्घाखाँची शितगङगा १ सुवर्णखाल मन्द्रे जाडीखर्कका ३० वर्षीय जितबहादुर अधिकारी ‘कृष्ण’ विगत १९ दिनदेखि बुटवलबाट वेपत्ता भएका छन् । केही समयदेखि भैरहवामा रहेको अल्ट्राहोटलमा सेफको रुपमा कार्यरत उनी आफन्त भेट्न बुटवल आउने क्रममा वेपत्ता भएपछि परिवारले खोजीका लागि अपील गरेका छन् ।

आफन्तसँग भेट्नका लागि बैशाख ३० गते बुटवल आएको र सोही क्रममा बुटवल कालिकानगर आउँदासम्म सम्पर्कमा आएको परिवार स्रोतले जनाएको छ । त्यसपछि भने घर परिवारको सम्पर्कमा नआएको दिदी निशा अधिकारीले बताईन् । इलाका प्रहरी कार्यलय बुटवलमा खोजिका लागि जानकारी गराउँदा समेत पत्ता लाग्न नसकोको हुँदा परिवारले चिन्ता व्यक्त गर्दै खोजीका लागि अपील गरेको छ ।

‘एकरदुई दिनमा त आउला भन्ने भयो, मोवाईल स्वीच अफ भन्छ, प्रहरीलाई पनि खबर गर्यौ ।’–दिदी निशाले भनिन्, ‘प्रहरीले खोजी गरिरहेका छौं, मात्रै भन्नुहुन्छ ।’ हामी अलपत्र परेका छौं । कृष्णलाई भेट्ने जो कोहीले नजिकको प्रहरी चौकी वा ९८६७२३७१७०र ९८४७११४२१४ मा सम्पर्क गरिदिन परिवारले अपील गरेको छ ।

 
 
  
 

You may also like