विद्यार्थी बोकेर रारा गएको जीप मुगुमा दुर्घटना, १२ जना घाइते

मुगु । बाजुराबाट रारातर्फ जाँदै गरेको जीप मुगुको खत्याड गाउँपालिका–२ जामको खोलामा दुर्घटना हुँदा १२ जना घाइते भए छन् । बिहीबार बाजुरा जिल्लास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा तालमा शैक्षिक भ्रमण गर्न आएका विद्यार्थीले सवार गरेको ग १ ज ८२४९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।

घाइते हुनेमा ९ जना विद्यार्थी, दुई जना शिक्षक र चालक रहेको र घाइतेमध्ये चालक बाहेक सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । सख्त घाइते चालक तथा जीप धनी लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले जानकारी दिए ।

 
 
  
 

You may also like