पर्यटनमन्त्री भट्टराईले लेखे- ‘शुभकामना तथा बधाईका लागि अब समय नखर्चिनुस्’

काठमाडौं। केही दिन अघि मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका योगेश भट्टराईको अहिले चौतफी चर्चा छ । सत्तापक्षदेखि प्रतिपक्षीसम्मले उनको कामको बढी आशा र अपेक्षा समेत राखेका छन् ।

मन्त्रीपदको सपथ खाएर कार्यभार सम्हाल्न पुन्ने वित्तिकै , ‘मलाई आइस्यो र गेस्योको भाषा प्रयोग नगर्नु र बधाइ र शुभकामनाका नाममा समय र पैसा खर्च नगर्नु’ । पहिलो दिननै यस्तो बोलेर काम सुरु गरेका मन्त्रीको चौतर्फी प्रसंशा भयो ।

सोमबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अब बधाईका लागि समय उपलव्ध नगराउँने स्पष्ट पारेका छन् । काम गर्ने समय चाहिएको भन्दै उनले अब बधाई र शुभकामनाका लागि कष्ट नगर्न अनुरोध गरेका छन् ।

उनले सबैको शुभकामना र शुभेच्छाका लागी धन्यवाद भन्दै जनताले गरेको अपेक्षालाई मर्न नदिई उत्कृष्ट काम गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।

योगेशले लेखेका छन्

https://www.facebook.com/photo.php?fbid=10217192397555445&set=a.1890992567956&type=3&theater

 
 
  
 

You may also like