आज मंगलबारसहित हेर्नुस् आगामी तीन दिनको मौसम

काठमाडौं, २१ साउन । मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर समग्र मौसमको अवस्थाः
हाल देशको पुर्वका पहाडी भु–भाग, मध्य तथा पश्चिमी भुभागमा आंसिकदेखि सामान्य बदली रहेको छ । पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । पुर्वी तराइमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण २१ गते (मंगलबार)
दिउँसोः देशको पश्चिमी भु–भागमा सामान्य बदली साथै पुर्वी तथा मध्य भु(भागमा आंसिक देखिन सामान्य बदली रही देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । पश्चिमी पहाडको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

रातीः देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पुर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २२ गते (बुधबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

रातीः देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

श्रावण २३ गते (बिहिबार)
दिउँसोः देशभर आंसिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

रातीः देशभर सामान्यतया वदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ।

Share this:

 
 
  
 

You may also like