बुटवलमा दोस्रो लाफा ब्याडमिन्टन हुदै

by समतल अनलाइन

बुटवल । लाफा समुह बुटवलको आयोजनामा प्रदेश ५ कै सर्वाधिक पुरस्कार राशिको दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

पुस ५ र ६ गते दुई दिन प्रतियोगिता हुने विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि समुहका अध्यक्ष तारासिह रेश्मीले बताए । युवाहरुलाई खेलमार्फत एकतावद्द गराई सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित क्लबको स्थापना भएको उनले बताए । प्रदेश ५ मा नै ब्याडमिन्टन खेलमा सबैभन्दा ठूलो राशीको प्रतियोगिता भएको उनले दाबी गरे ।

प्रतियोगिता दुई ईभेन्टमा खेलाइने उनले बताए । जसमा खुल्ला तर्फ उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैया, दोस्रो टिमले नगद ४१ हजार १ सय ११ तथा तेस्रो टिमले नगद ३१ हजार १ सय ११ रुपैया नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि भेट्रान्स तर्फ उपाधि विजेता टिमले नगद २१ हजार १ सय ११, दितिय टिमले नगद नगद १५ हजार १ सय ११ तथा तृतिय टिमले नगद १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुसासित खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए ।

दुई दिने हुने प्रतियोगितामा करीब १३ लाख खर्च हुने खेल संयोजक पुरन गाहाले बताए । करीब २ सय जना खेलाडीहरुबाट एक सय टिमले उपाधि प्रतिस्पर्धा गर्ने उनले बताए ।

क्लबका संरक्षक तथा सल्लाहकार बासुदेव लामिछानेले क्लबका सदस्य तथा खेलप्रेमीहरुको सहयोगबाट प्रतियोगिता हुन लागेको बताए । क्लबबाट सामाजिक उत्तरदायित्व अन्तरगत एम्बुलेन्स संचालन गर्ने, अनाथ तथा अपाङहरुलाई सहयोग, वर्षको दुई पटक नियमित रक्तदान कार्यक्रम, ब्याडमिन्टन तथा भलिबल प्रतियोगिता गराउने लक्ष्यहरु रहेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरा गौतम, कार्यक्रम संयोजक सदस्य ज्ञानु थापा, कार्यक्रम संयोजक सदस्य जगत बयम्बु, पूर्व अध्यक्ष केशब रानाको उपस्थिति रहेको पत्रकार सम्मेलनको स्वागत मन्तव्य उपाध्यक्ष अनिल श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन यशपाल चौतारेले गरेका थिए । क्लबमा हाल ८५ जना सदस्यहरु रहेका छन ।

 
 
  
 

You may also like