ड्रिम देवदह १२ वटै वडामा बिस्तार गरिने

by समतल अनलाइन

देवदह। ड्रिम देवदह युनीटी फर चेन्जले देवदहका १२ वटै वडामा अभियन्ताहरु विस्तार गर्ने र वडास्तरीय सञ्जाल बनाउने अभियान शुरु गरेको छ । शुक्रबार देवदह ७ मा रहेको कालिका मन्दीरमा वडा नं ७ का अभियन्ताहरुको भेलामा धारणा राख्दै अभियान संयोजक सिद्धिचरण भटराईले उक्त अभियान शुरु गर्नु भएको हो ।

वडा नं ७का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको आतिथ्यतामा सम्पन्न भेलाले तेजु अर्यालको संयोजकत्वामा २५ सदस्यीय वडा अभियन्ता समुह बनाएको छ । भेलाको सहसंयोजक दिलकुमार विक रहनु भएको छ । अभियानका सदस्यहरुमा शंकर अधिकारी, शिशिर भटराई, अभिषेक आचार्य, सचिन शर्मा, अभिशेक थापा, एशिका मण्डल, मिलन विक, पुजा अधिकारी, मुना देवकोटा, दिपक चापागाई लगायत रहेका छन ।

अभियन्ता भटराईका अनुसार यो सिर्जनात्मक क्रियाशिलताको अभियान हो यो अभियानले हरेक वडामा देवदहलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन जागरण, साझेदारी र खबरदारीको भुमिकामा रहेर अभियान चलाउँछ ।

विगतमा पार्क सम्मेलन, पार्कमा कला अभियान मार्फत काष्ठकला र मुर्तिकला राष्ट्रिय कार्यशाला, परम्परागत मेला प्रबद्र्धन, पर्यटन सूचना केन्द्र स्थापन, फोटो प्रदर्शनी , देवदह माटो परिक्षण अभियानहरु सञ्चालन गर्दै आएको छ ।
भेलाको सञ्चालन सचिव दिपेश बस्यालले गर्नु भएको थियो ।

 
 
  
 

You may also like