दुर्घटना न्यूनिकरणका लागि पश्चिम नेपालद्वारा चालक प्रशिक्षण कार्यक्रम संचालन

by समतल अनलाइन

बुटवल। सवारी दुर्घटना र यसबाट हुने धनजनको क्षती न्यूनिकरण गर्ने उद्देश्यले बुटवलमा चालकहरुलाई प्रशिक्षण दिईएको छ । झण्डै २५ सय
बस ब्यबसायीहरु सदस्य रहेको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापन प्रशिक्षणलाई निरन्तरता दिएको हो ।
प्रशिक्षण कार्यक्रममा दुर्घटना न्यूनिकरणका लागि सवारी चालक तथा सहचालकहरुमा जिम्मेबारी बोधका साथै सकारात्मक सोंचको बिकास हुनुपर्नेमा
जोड दिइएको छ ।

साथै उनिहरुको ब्यबहार र प्रस्तुतीमा पनि सुधार ल्याउनु पर्ने कुरामा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधीहरुले सुझाव दिएका
छन् । प्रशिक्षकहरुले चालकहरुलाई समय अनुकुल आवश्यक निति, नियम र ज्ञानसहित उनिहरुको तनाव ब्यबस्थापनतर्फ पनि ध्यान दिनुपर्ने कुरा सुझाएका छन् । सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन सम्बन्धि अभियानलाई निरन्तर जारी राखेको उल्लेख गर्दै पश्चिम नेपाल बस ब्यबसायी प्रालिका संचालक नारायण घिमिरेले चालकहरुको स्वभाव र ब्यबहारमा परिवर्तन ल्याउन सफल भएको दावी गर्नु भएको छ ।

प्रशिक्षण कार्यक्रममा राजमार्ग सुरक्षा तथा सवारी ब्यबस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक सोभा पाण्डेले सवारी मानवको जिवनसँग प्रत्यक्ष
सरोकार राख्ने सवारी चालकहरू जिम्मेबार हुनुपर्ने कुरामा जोड दिनुभयो । सवारी चालकहरुले छिटो गन्तब्यमा पुग्ने र धेरै यात्रु चढाउने
प्रतिस्पर्धा मात्रै नगरेर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई आग्रह गर्दै निरिक्षक पाण्डेले सवारी सम्बन्धी नियम कानुनहरु पालना गरेमा
दुर्घटना न्यूनिकरण हुने दावी समेत गर्नु भयो । पश्चिम नेपाल बस ब्यबसायी प्रालिका प्रबन्ध संचालक रामचन्द्र भुसालले सवारी चालक, सहचालक, यात्रुहरु सबै जिम्मेबार भए दुर्घटना न्यूनिकरणमा टेवा पुग्नुका साथै बर्षेनी हुने धनजनको क्षति समेत कमगर्न सकिने बताउनु
भयो ।
सार्वजनिक सवारी साधन प्रयोगकर्ता सबैपक्ष जिम्मेबार हुनुपर्ने कुरामा जोड दिदै भुसालले नियमनकारी निकायले पनि कतिपय अवस्थामा सामाजिक र ब्यबहारिक पक्षबाट दृष्टिकोण बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा संचारकर्मी शरण कर्माचार्यले चालक तथा सहचालकहरुले nयात्रुहरुसँग गर्ने ब्यबहारमा सुधार गर्नुपर्ने जोड दिदै दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापनका लागि नियमनकारी निकाय पनि जिम्मेबार बन्नुपर्ने कुरामा जोड दिनुभयो ।

सवारी चालक तथा सहचालकहरुले आफ्नो सीप कला र दक्षता बढाउनुका साथै यात्रुहरुसँगको ब्यबहारमा सुधार ल्याउनु पर्ने आवश्यकता उहाँले औल्यानु भयो । कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनीका अध्यक्ष मोहन केसी, सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन समितिका सचिव जितेन्द्र खत्रीलगाएतले बढ्दो दुर्घटना न्युनिकरण र सरोकारवालाको भुमिकाबारे चर्चा गरेका थिए ।
बिसं २०६६ सालदेखि निरन्तर प्रशिक्षण संचालन गरेको पश्चिम नेपाल बस ब्यबसायी प्रालीले १० हजार ५ सय यातायात मजदुर तथा कर्मचारीहरुलाई
रोजगारी प्रदान गर्न सफल भएको जनाएको छ ।

 
 
  
 

You may also like