भूकम्पबाट घाइते थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या १५४ पुग्यो

by समतल अनलाइन

सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरज विष्ट रहेका छन् ।

उनको उपचारका क्रममा शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी बिनोद बस्नेतले जानकारी दिए । अस्पतालमा २५ जना उपचाररत रहेका छन् । गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमको गरी १५४ जनाको मृत्यु भएको थियो ।

 
 
  
 

You may also like