टी-२० विश्वकप छनौटको उपाधि ओमानले जित्यो, सुपर ओभरमा नेपाल पराजित

by समतल अनलाइन

काठमाडौँ । ओमानले नेपाललाई सुपर ओभरमा ११ रनले पराजित गरेको छ । सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछाएको नेपालले एक विकेट गुमाउदै १० रन मात्र बनाएपछि फाइनलमा ११ रनले पराजित भएको हो ।

सुपर ओभरमा ओमानका बिलाल खानले उत्कृष्ट बलिङ गरेका थिए । ओमानले सुपर ओभरमा पहिला ब्याटिंग गर्दै ओमानले २१ रन बनाएको थियो । सुपर ओभरमा नेपालका लागि अविनाश बोहोराले बलिङ गरेका थिए ।

टी-२० विश्वकप छनौटको एशिया क्षेत्रको फाइनल खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाए पछि खेलको निर्णय सुपर ओभरमा भएको हो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।

 
 
  
 

You may also like