रोहित र गुलशनको अर्धशतकमा ओमानलाई १८५ रनको लक्ष्य

by समतल अनलाइन

काठमाडौँ । नेपालले टी-२० विश्वकप छनौटको एशिया क्षेत्रको फाइनलमा ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १८४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेल र गुलशन झाले अर्धशतक बनाएका थिए । कप्तान रोहितले अविजित ५२ रन बनाए भने गुलशन झा ५४ रन बनाएर आउट भएका थिए । यो रोहितको पाँचौं टी-२० अर्धशतक हो भने गुलशनको पहिलो टी- २० अर्धशतक हो । गुलशन र रोहितबीच पाँचौं विकेटका लागि ७८ रनको महत्वपूर्ण साझेदारी भएको थियो ।

त्यसैगरी कुशल भुर्तेलले ३१ रन बनाए भने आसिफ सेखले ६, सन्दीप जोराले १०, कुशल मल्लले ३, विवेक यादवले १ रन बनाएका थिए । त्यस्तै करण केसीले ६ बलमा अविजित २० रन बनाएका थिए ।

त्यसैगरी ओमानका बलर बिलाल खानले ३ विकेट लिएका थिए भने अकिब इलियासले २ तथा जीशान मक्सुदले एक विकेट लिएका थिए ।

 
 
  
 

You may also like