धनुषामा टिकटक स्टार प्रिती पासवानमाथि ढुङ्गामुढा, प्रहरीले गर्‍यो लाठीचार्ज

by समतल अनलाइन

जनकपुरधाम । धनुषाको सबैला बजारमा दशैंको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य गर्न पुगेकी टिकटक स्टार प्रिती पासवानमाथि ढुङ्गामुढा भएको छ ।

पासवानको कार्यक्रममा युवाको समूहले होहल्ला गर्न थालेपछि प्रहरीले कार्यक्रम बन्द गराउन खोजेपछि ढुुङ्गामुढाको स्थिति सिर्जना भएको जनाइएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

ढुङ्गामुढाबाट प्रिती पासवानसहितका कलाकारलाई चोट लागेको स्रोतले जानकारी दिएको छ । हुलदङ्गापछि कलाकार पासवान चिच्याइरहेको भिडियो सामाजिक सञ्जाल आएका छन् । प्रहरीको लाठ्ठी चार्जबाट दर्जनौं व्यक्ति घाइते भएका छन् । धनुषाका डिएसपी रञ्जन अवाका अनुसार प्रहरीले कलाकारहरुलाई सुरक्षित स्थानमा लगेका छन् । अहिले प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयासमा छन् । उनले ढुङ्गामुढाबाट तीन प्रहरी घाइते भएको र थप विवरण आउँन बाँकी रहेको बताएका छन् ।

 
 
  
 

You may also like