पाल्पामा फेरि सवारी दुर्घटना , ५ जना घाइते

by समतल अनलाइन

बुटवल। पाल्पाको रम्भा गाउँपालिका-४ रानीवनमा बिहान भ्यान पल्टिँदा पाँच जना घाइते भएका छन् । आर्य भञ्ज्याङ रामपुर सडक खण्डमा बिहान ५ बजे लु १ ज ३९८३ नम्बरको भ्यान पल्टिँदा भ्यानमा रहेका रम्भा गाउँपालिका-४ का २३ वर्षका कृष्ण सारु, २३ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कुँवर, १९ वर्षका मोहन दर्लामी र १८ वर्षका सूर्य सारु घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते भएका पाँचै जनाको तानसेनमा रहेको युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ ।

 
 
  
 

You may also like