नमस्ते नेपालका प्रवक्ता ज्ञवालीको जन्मदिनमा वृक्षरोपण

by समतल अनलाइन

बुटवल । विगत एक दशक भन्दा लामो समाज सेवाको इतिहास बोकेको संस्था नमस्ते नेपालका केन्द्रीय प्रवक्ता प्रशान्त ज्ञवालीले आफ्नो जन्मदिन संस्थाले विगत चार वर्ष बाट सञ्चालन गरिरहेको अभियान “जन्मदिनमा वृक्षरोपण” अभियानलाई आत्मसात गर्दै वृक्षरोपण गरि मनाएका छन । उनले आज तिलोत्तमा २ स्थित शंकरनगर स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण गरेका हुन ।

वृक्षरोपणमा संस्थाका सल्लाहकार दल बहादुर गुरुङ, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय अध्यक्ष मनिष भुसाल, केन्द्रीय उपाध्यक्ष शुशील सुवेदी, पूर्व सचिव निराजन खरेल, पूर्व कार्यसमिति सदस्य हरी न्यौपाने एवं विशाल पाण्डेको सहभागिता रहेको थियो ।

संस्था नमस्ते नेपालले विगत ४ वर्षबाट “जन्मदिनमा वृक्षरोपण” अभियान सञ्चालन गरिरहेको छ । आफ्ना प्रत्येक सदस्यको जन्मदिनमा वृक्षरोपण गर्ने यस अभियानमा हालसम्म झण्डै ३००० बढि वृक्ष रोपिएको छ । यस्तै, संस्था नमस्ते नेपालले देशैभरि शाखा विस्तार अभियानलाई तिव्रता दिदै देशका सातै ओटा प्रदेशमा प्रदेश सम्मेलन गर्दै छ, जस अन्तर्गत गण्डकी प्रदेशको प्रथम सम्मेलन भाद्र ३० मा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like