अखिल नेपाल महिला संघ कञ्चनको दोश्रो अधिबेशन सम्पन्न

कञ्चन। अखिल नेपाल राष्ट्रिय महिला संघ, कञ्चनको दोश्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले उजेली विश्वकर्माको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्य समिति गठन गरेको छ।
अधिबेशनले उपाध्यक्षमा सिता अधिकारी, सचिवमा सुशिला क्षेत्री, कोषाध्यक्षमा इन्द्रा गौतम र सह सचिवमा बेलु सुनारलाई चयन गरेको छ। यस्तै सदस्यहरुमा मञ्जु पौडेल, दिलादेबी शर्मा, शुसलिा सुनार, मिना पौडेल, हिमा सुवेदी, सम्झना परियार, दुर्गा शर्मा, हिरा भलामी, पवित्रा ढकाल, गंगा लबि.क., वन्दना भण्डारी, दिलमाया बि.क., चन्द्र कुमारी थापा, कल्पना सुवेदी चयन हुनु भएको अनेमसंघ रुपन्देही क्षेत्र नं. ५ का इञ्चार्ज तथा नेकपा एमाले जिल्ला समिति सदस्य हिमा बेलवासेले जानकारी दिनु भएको छ।

नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका केन्द्रिय सदस्य गुमा देवी आचार्यले महिलाहरुको नेतृत्वमा अझै पनि पुरुषवादी चिन्तनले बिश्वास गर्न नसकेको र अव प्रतिशत र आरक्षणको आधारमा भन्दा पनि क्षमताको आधारमा महिलाहरुको नेतृत्वमा पहुँच पुर्याउन आवस्यक रहेको बताउनु भयो। महिलाहरुले गर्ने हरेक कार्यक्रम रयोजनाहरुमा अझैपनि पुरुषहरुकै निर्देशन रहनु भनेको महिलाहरुमा निर्णायक क्षमता माथी विश्वास गर्न नसकेको बताउदै अनेमसंघ कञ्चनका इन्चार्ज समेत रहनु भएका आचार्यले गाउा स्तरबाटै जनताको पक्षमा काम गरेर जनताको बिश्वास जित्न आवस्यक रहेको बताउनु भयो ।

यस्तै नेकपा एमाले, लुम्बिनी प्रदेश सदस्य सदस्य तथा अनेमसंघ केन्द्रिय सदस्य ज्ञानु के.सी.ले बिभिन्न समयमा भएको राजनैतिक आन्दोलनहरुबाट प्राप्त उपलब्धीले राज्यको हरेक निकायहरुमा महिलाहरुको ३३ प्रतिशत सुनिश्चित भएको तर निर्णायक भुमिकामा अझै पनि महिलाहरुलाई सहभागिता नगराइनु महिलाहरुको नेतृत्व र क्षमता बिकासमा दरार उत्पन्न भएको छ की भन्ने प्रश्न तेर्सिएको उल्लेख गर्नु भयो।
कार्यक्रममा नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य जिवनाथ पाण्डे,भरतमणी सापकोटा, नेकपा एमाले रुपन्देही जिल्ला समिति सदस्य तथा अनेमसंघ रुपन्देही क्षेत्र नं. ५ का इन्चार्ज हिमा बेलवासे लगायतले शुभकामना ब्यक्त गर्दै महिला समानताका लागि निरन्तर संघर्ष गर्नु पर्नेमा जोड दिनु भयो।
अनेमसंघ कञ्चनका अध्यक्ष रेनु कुवँरको अध्यक्षता, मिना बि.क.को स्वागत तथा उमा ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रम कञ्चन ४ को दियोमा भएको सभाहलामा भएको थियो।

 
 
  
 

You may also like