पवनको अर्धशतक प्रेरित नेपालले भारतलाई दियो १ सय ९४ रनको लक्ष्य

by समतल अनलाइन

काठमाडौं । युवा अलराउण्डर पवन शरार्फको अर्धशतक प्रेरित नेपाल इमर्जिङ टिमले भारतसामू १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशमा जारी इमर्जिङ टिम्स कप २०१९ अन्तरगतको आफ्नो पहिलो खेलमा भारतविरुद्ध नेपाली ब्याट्सम्यान चल्न सकेनन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपाली टोली ४४.५ ओभरमा सबै विकेट गुमाएर मात्रै १९३ रन बनाउन सक्यो । जसमा शरार्फले ४९ बलमा ५६ रनको योगदान गरे । शरार्फले सर्वाधिक रन बनाउँदा शरद भेषावकरले ४४, ओपनर कुसल भुर्तेलले २८, उपकप्तान दिपेन्द्र सिंह ऐरीले २४ रन बनाए ।

यस्तै, करण केसीले २० रन बनाउँदा ६ जना ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । भारतविरुद्ध कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल शुन्यमै आउट हुँदा टोली केही दबाबमा परेको थियो । नेपालविरुद्ध भारतका सौरभ दुवेले ४ विकेट लिँदा यस राथौडले ३ विकेट लिए । यस्तै, पार्थ राखेडेले २ तथा सिदार्थ देशाइले एक विकेट लिएका थिए ।

 
 
  
 

You may also like