प्यारामाउण्टमा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ नयाँमिल स्थित प्यारामाउण्ट बोडिङ्ग हाई स्कूलमा २०७९ सालको एसइई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ ।

२०७९ सालको एसइई परीक्षामा प्यारामाउण्टबाट १७० जना विद्यार्थी सहभागी थिए ।

सहभागी विद्यार्थीहरु मध्ये २६ जना ए प्लस, ४९ जना ए, ५४ जना बी प्लस, ३५ जना बी र ६ जना सी प्लस ग्रेडमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । दुई जना विद्यार्थीले ३ दशमलव ९ जिपिए ल्याएका छन् ।

शनिबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राम गिरी र संस्थापक प्राचार्य दामोदर भुसालले विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई बधाईसहित सम्मान गरेका हुन । सोही अवसरमा विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थापक प्राचार्य भुसालले नेपालको शिक्षा नीतिले कक्षा ११ र १२ लाई विद्यालय शिक्षाको रुपमा स्पष्ट व्यवस्था गरेपनि कतिपयले कक्षा ११ र १२ लाई कलेज शिक्षाको रुपमा प्रचार गरेर विद्यार्थी र अभिभावकलाई भ्रममा पारेको बताए ।

‘कक्षा १२ को बोर्ड परीक्षा विद्यालय तहको अन्तिम परीक्षा हो । तर कतिपयले एसइई उत्तीर्णपछि विद्यालय तहको शिक्षा सकिएको जसरी प्रचार गरेको पाइन्छ । यसले विद्यार्थीको मनोविज्ञानमा असर पारेको छ ।’ उनले भने।

उनले कक्षा ११ र १२ को अध्यापन पनि कक्षा ९ र १० को जस्तैगरी पारिवारिक र स्नेहपूर्ण वातावरणमा हुनुपर्नेमा जोड दिए । कतिपयले विद्यार्थीले एसइईलाई ठूलो महत्व दिएर अभिभावकसँग ठूला डिमान्ट राख्ने गरेको उल्लेख गर्दै उहाँले एसइईलाई शिक्षा प्राप्तिको एक तहको रुपमा लिन आग्रह गरे ।

संस्थापक प्राचार्य भुसालले विद्यार्थीहरु श्रमसँग जोडिनुपर्नेमा जोड दिँदै उपर्युक्त वातवरण नपाउँदा राम्रो श्रेणीमा एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीको नतिजा कक्षा ११ र १२ मा खस्कने गरेको पाइएको बताए ।

कार्यक्रममा विद्यार्थीहरु प्रज्जवल पाण्डे, मानुषी न्यौपाने, अभिभावक गणेश प्रसाद बेल्बासेलगायतले प्यरामाउण्ट यस क्षेत्रकैं अग्रणी शिक्षण संस्था रहेको उल्लेख गर्दै आगामी दिनका शैक्षिक क्रियाकलाप समेत यहीँबाट अघि बढ्ने बताए ।

विद्यालय व्यवस्थाप समितिका उपाध्यक्ष राम गिरीको अध्यक्षता, सह—प्राचार्य लिलाधर किराँतको स्वागत तथा शिक्षक दिवाकर पन्थीको स्वागतमा कार्यक्रम भएको हो ।

 
 
  
 

You may also like