उत्कृष्ट विद्यार्थीको रोजाईमा होराइजन गौतमबुद्ध स्कुल तिलोत्तमा

बुटवल । न्यु होराइजन कलेज अन्तर्गत सञ्चालित होराइजन गौतम बुद्ध स्कुल ड्राइभरटोल उत्कृष्ट बिद्यार्थीहरुको रोजाईमा परेको छ । स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको होराईजनमा उत्कृष्ट एवम् मेधावी बिद्यार्थीको चाप रहेको छ ।

बिगतका बर्षहरुमा जस्तै यस पटक पनि बिभिन्न जिल्लामा उत्कृष्ट अंक ल्याउदै जिल्ला प्रथम गरेका बिद्यार्थीहरुको रोजाईमा होराईजन जिविएस तिलोत्तमा पर्न सफल भएको प्राचार्य गोपाल आर्चायको भनाई छ ।

प्राचार्य आचार्यका अनुसार रुपन्देही जिल्लाबाट उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरु सहित नवलपरासी जिल्लाको लिटिल बुद्ध एजुकेशन फाउण्डेशन गोपिगञ्जबाट ४ जिपिए प्राप्त गरी नेपाल प्रथम भएकी तृष्णा कुमारी गौडले होराइजन गौतमबुद्ध स्कुल छनोट गरेकी छन् ।

नवलपरासी जिल्लाको लिटिलबुद्ध एजुकेशन फाउण्डेशन गोपिगञ्जबाट ४ जिपिए प्राप्त गरी नेपाल प्रथम भएकी तृष्णा कुमारी गौड होराइजन गौतमबुद्ध स्कुलमा कक्षा ११ मा भर्ना भए पश्चात
उनले कक्षा ११ र १२ को शैक्षिक यात्राका लागि होराईजन जिविएस रोजेको बताईन । होराईजनमा बिद्यार्थीका लागि आबश्यक पर्ने शैक्षिक वातावरण, गुणस्तरीय शिक्षा तथा दक्ष शैक्षिक जनशक्ति, उन्नत भौतिक पुर्वाधार र गौरवमय उपलब्धि सहितको इतिहासले गर्दा आफुले होराईजन नै रोजेको उनले बताईन ।

न्यु होराइजन कलेजले उत्पादन गरेको जनशक्तिले एम बि बि एस, इन्जिनियरिङ, सि ए जस्ता विधाहरुमा राष्ट्रिय रेकर्ड कायम गरी कलेजलाई ब्राण्डिङ गरिसकेकाले आफ्नो रोजाइमा न्यु होराइजन कलेज ड्राइभरटोल परेको गौडले वताइन् । उनका पिता सुवास गौडले आफ्नो सुपुत्रीले होराइजन जिबिएस छनोट गरेको र कलेजको वातावरणले आफु सन्तुष्ट रहेको बताए ।

२०७९ को एस इ इ परिक्षामा होराइजन जिबिएस स्कुलले ३ दशमलव ९५ जिपीए सहित रुपन्देही जिल्लामा प्रथम स्थान हासिल गरेको छ । बिज्ञान तथा व्यवस्थापनमा कक्षा ११÷१२ का कक्षाहरु बिगत लामो समयदेखि सञ्चालन गरेर कक्षा १२ बोर्डको नतिजामा प्रथम स्थान प्राप्त गरी आफ्नो गुणस्तर प्रमाणितगरी अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिन्ह आईएसओ ९००१–२०१५ प्राप्त गरिसकेको छ ।

 
 
  
 

You may also like