अक्सफोर्डका दर्शन र अभिषेकले ल्याए ३.९५ जिपिए

बुटवल ।बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले ०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा उत्कृष्ट ल्याएको छ । विहिबार सार्वजनिक नजिता अनुसार विद्यालयका २ जना विद्यार्थीहरु दर्शन खनाल र अभिषेक खनालले ३.९५ जिपिए प्राप्त गरेका छन् । यस बर्ष कुल १ सय ५ विद्यार्थीले एसईई दिएकोमा अन्य सवै विद्यार्थीहरुको नतिजा उत्कृष्ट भएको विद्यालयले जनाएको छ ।

त्यस्तै २ जना विद्यार्थीहरुले ३ दशमलव ९ जिपिए ल्याएका छन् । विद्यार्थीहरु माधवी भटट्राई र पुजा बञ्जाडेले ३ दशमलव ९ जिपिए ल्याएको विद्यालयले जनाएको छ । यो नजिता सार्वजनिक भएको मध्ये हाल सम्मकै बुटवलमा उत्कृष्ट रहेको दावी विद्यालयको छ ।

 
 
  
 

You may also like