संघीय संसदको संयुक्त बैठक बस्दै, के–के छन् कार्यसूची ?

काठमाडौँ । संघीय संसदको संयुक्त बैठक आज (आइतबार) बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

त्यस्तै बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । आजै दिउँसो १ बजे संसदको नियमित बैठक पनि बस्दैछ । सो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०७९–०८० को आर्थिक सर्वेक्षण’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

 
 
  
 

You may also like