झरनामा फोटो खिच्दा बगाएका दुई जना मृत भेटिए

by समतल अनलाइन

अर्घाखाँची । अर्घाखाँचीको सिमलपानीमा झरना नुहाउने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । शीतगङ्गा नगरपालिका–१४ ढावामा छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका–२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीत सिंह राठोरले बताए ।

उनीहरुलाई नुहाउँदै फोटो खिच्ने क्रममा खोलाले बगाएको बताइएको छ । उनीहरुसँग रहेका दुई साथीहरु भने जोगिएको प्रहरीले जनाएको छ । आज दिउँसो झर्नामा नुहाउने क्रममा बगेका दुवै जनाको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए ।

 
 
  
 

You may also like