संसदबाटै चन्द्र भण्डारीले भने–मिल्ने भए गायिका विष्णु माझीलाई सार्वजनिक गरौं

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले मिल्ने भएमा गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले गायिका माझीलाई हरेक नेपालीले हेर्न चाहेको बताएका छन् ।

‘मैले अधिकारमाथि हनन् गर्न खोजेको होइन । यति राम्रो गीत गाउने, यति राम्रो स्वर भएकी विष्णु माझीलाई देख्न पाए हुन्थ्यो भन्ने नेपालीको हरेक मनले भनेको छ । उपाय छ भने सार्वजनिक होस्,’ उनले भने । गायिका माझी लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो । वर्षमा एकाध गीत गाउने उनका हरेक गीत लोकप्रिय हुने गर्छन् । यस पटकको तीजमा पनि उनले गाएको ‘आइनँ आमा’ गीत बजारमा चर्चित बनेको छ ।

 
 
  
 

You may also like