नायिका शिल्पा पोखरेलले पक्राउ नगर्न हालेको रिट सर्वोच्चद्वारा खारेज

by समतल अनलाइन

काठमाडौं । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेलले दायर गरेको रिट खारेज गरेको छ। उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णयविरुद्ध सर्वोच्चमा दिएको रिट खारेज भएको हो। मंगलवार न्यायाधीश मनोजकुमार शर्मा र ईश्वर खतिवडाको इजलासले उक्त रिट खारेज गरेको हो।

फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच पारिवारिक झगडाका बीच ओझाकी जेठी पत्नी हेमा कुमारी ओझाले प्रहरीमा बहुविवाहको उजुरी दिएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

पक्राउ पुर्जी जारी भएपछि शिल्पाले सर्वोच्च अदालतमा गत साउन २९ गते रिट दायर गरेकी थिइन्। भदौ १ गते रिटको सुनुवाइ गर्दै अदालतले शिल्पालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो। रिट खारेज भएसँगै उनीहरूलाई पक्राउ गर्ने बाटो अब खुलेको छ।

 
 
  
 

You may also like