होराईजन जिविएस र जेसिजको जित

by समतल अनलाइन

स्वस्तिक श्रेष्ठ
बुटवल। रुपन्देहीमा जारी न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणमा होराईजन जिविएस र जेसिज किन्डरगार्डेन विजयी भएका छन । पहिलो खेलमा होराईजन जिविएसले न्यु ईन्भारमेन्ट स्कुललाई ६४ रन तथा जेसिजले न्यु स्टाण्डर्डलाई ८ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन । न्यु होराईजन एजुकेशन ईन्टिच्युटको आयोजनामा तिलोत्तमा नगरपालिकाको नवजिवन खेलमैदानमा भएको पहिलो खेलमा न्यु ईन्भारोमेन्टले टस जितेर फिल्डिङ रोजेपछि मैदानमा उत्रेको होराईजन जिविएसका ब्याट्सम्यानहरुले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ४४ रन तयार गरेको थियो । होराईजन जिविएसका निश्चल पराजुलीले ४० रन बनाए । यसैगरि सचिन थापाले ३२ तथा आरिफ खानले २१ रन जोडेका थिए । ईन्भारोमेन्टका समिर बश्याल र विवेक पंगेनीले समान २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको ईन्भारोमेन्ट १६.५ ओभरमा ८० रनमा समेटियो । उसका लागि अर्जुन बुचाले ३६ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन ।

कम स्कोरमा रोक्न होराईजनका सुरज खड्काले ४ तथा विपर्सन केसीले ३ विकेट लिएका थिए । खेलमा होराईजन जिविएसका निश्चल पराजुली म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।यसैगरि दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्न मैदान छिरेको स्ट्याण्र्डडले पुरै २० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा ७८ रन बनाएको थियो । यसका लागि डेबिड थापाले २२ तथा कुशल थापाले १३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न जेसिजका अलिदिप कुँवरले ५ विकेट लिएका थिए । झिनो लक्ष्यलाई जेसिजका ब्याट्सम्यानहरुले १० ओभरमा २ विकेटको नोक्सानीमा भेटायो । उसका लागि सागर कुँवर १६ तथा अलदिप कुवरले २६ रन बनाएका थिए । खेलमा जेसिजका अलदिप कुवर म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिता अन्तरगत बुधबार ज्ञानकुन्ज मावि र पर्ल स्कुल कोटिहवा तथा साई ग्लोबल र सगरमाथा बोर्डिङ स्कुल देवदहका बिचमा दुई खेल हुनेछन । तिलोत्तमा नगरपालिका नवजिवन खेलमैदानमा मंसिर ६ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधिका लागि जिल्लाका १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गर्दै छन ।

 
 
  
 

You may also like