आइक्यानले मनायो ‘इन्टरनेशनल एकाउन्टीङ डे’

by समतल अनलाइन

बुटवल । ‘इन्टरनेशनल एकाउन्टीङ डे’को अवसरमा नेपाल चार्टर्ड एकाउण्टेन्टस् संस्था (आइक्यान) रुपन्देहीले विभिन्न कार्यक्रम गरी मनाएको छ । संस्थाले आइतबार बिहान बुटवलमा प्रभातफेरी ,समारोह र प्रशिक्षण कार्यक्रम गरी दिवस मनाएको हो ।

संस्थाको कार्यालय रहेको चौरहादेखि पुष्पलालचोक हुँदै प्रभातफेरी समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा लेखा सम्बन्धी लेखिएका विभिन्न नाराहरु प्रदर्शन गरिएको थियो ।


यो दिवस हरेक वर्ष नोभेम्बर १० मा मनाइन्छ । सभामा शाखा समन्वय समितिका संयोजक सिए हरि लम्सालले लेखा परीक्षक,लेखा र लेखा परिक्षण सम्बन्धी प्रकाश पार्दै सरोकारवाला सबैलाई पारदर्शी बन्न आग्रह गरे । त्यसैगरी संस्थाका सदस्य आरए गेविन्द रेग्मीले संस्थाको तर्फबाट जानकारी गराउँदै कार्यक्रममा सहभागि संस्थाका पदाधिकारी,सदस्य लगाएत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

दिवसकै अवसरमा संस्थाले बुटवल स्थित दिप बोर्डिङ हाइ स्कूलका विद्यार्थीहरुलाई सिए सम्बन्धी तालिम प्रदान गरेको छ । विद्यार्थीहरुलाई लेखा सम्बन्धी विशेष जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको शाखा समन्वय समितिका संयोजक तथा तालिमका प्रशिक्षक सिए हरि लम्सालले बताए । । कार्यक्रममा एक सय बढी लेखा व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रम शाखा इन्चार्ज गोमा श्रेष्ठको सञ्चालनमा भएको थियो ।

 
 
  
 

You may also like