प्यान अभियान सुरु गरे व्यवसायीले

बुटवल । सरकारले साउन १ गतेदेखि अनिवार्य लागू गरेको स्थायी लेखा नम्वर (पान) को व्यवसायीक संघ सस्थाहरुले बिरोध गरीरहेका बेला बुटवल उद्योग वाणिज्य संघ अन्तरगतको कस्मेटिक तथा गिफ्ट समितिले बुटवलका पसलमा पान नम्वर अभियान सुरु गरेको छ ।समितिले बुटवलका व्यवसायीलाई पान प्रति सचेतना जगाउन प्रत्येक पसल र स्थानमा टास्न स्टिकर बनाएको छ ।

व्यवसायीक कारोवारका लागि अनिवार्य पान नम्वर लेखिएको स्टिकरको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले आज बिमोचन गर्नुभएको छ । त्यस अवसरका बोल्दै अध्यक्ष हमालले समितिले थालेको अभियान सकारात्मक रहेकोले यसले व्यवसायीलाई आचार संहिता भित्र सहयोग पुर्याउने बताउनु भयो ।

समितिका सभापति अब्दुल सलामतले समितिले प्रकाशित गरेको स्टिकर बुटवलका प्रत्येक पसलमा राख्ने जानकारी दिनुभयो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, समितिका उपसभापति अलिमद्धिन मिया लगायतले बोल्नु भएको थियो ।
यसैबिच गुल्मीमा गएको पहिरो पिडितहरुलाई समितिले खाद्य सामाग्रि सहयोग गरेको छ ।समितिले बुटवल उद्योग वाणिज्य संघ मार्फत बाढी पिडितलाई सहयोग गरेको हो ।

समितिका सभापति सलामतले संघका अध्यक्ष हमाललाई खाद्य सामाग्रि सहयोग गर्नु भएको हो ।
बुटवल उद्योग वाणिज्य संघले गुल्मीका बाढी पिडितलाई राहत उपलब्ध गराउन संघ अन्र्तगतका बस्तुगत समिति मार्फत राहत संकलन गरेको छ । संकलित राहत संघले गुल्मी लगेर पहिरो पिडितलाई बितरण गर्ने छ ।

 
 
  
 

You may also like