बालुवाटार बैठक : राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन

by समतल अनलाइन

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ । बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा अघि सार्ने निर्णय गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष प्रकाश ज्वालाले बैठकबाट कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिएका छन् । बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो ।

 
 
  
 

You may also like