आठ दलको वैठकमा प्रचण्डले भने, ‘आजदेखि नयाँ राजनीतिक यात्रा शुरु भयो’

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजदेखि नयाँ राजनीतिक यात्रा शुरु भएको बताएका छन् ।
नेपाली कांग्रेससहितको आठ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएको एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

‘आजदेखि हाम्रो नयाँ राजनीतिक यात्रा शुरु भएको छ भनेर प्रधानमन्त्रीले भन्नुभयो’, उनले भने, ‘यसैलाई अघि बढाऔं भनेर भन्नुभयो, उहाँले सबै मिलेर जाउँ । जनतालाई सेवा दिने कुरालाई एकतावद्ध गएर जाऔं भनेर अपील गर्नुभयो ।’ प्रधानमन्त्रीको यो घोषणासँगै गत पुस १० गते एमालेसहित बनेको सात दलीय गठबन्धन दुई महिनामै टुटेको छ ।

 
 
  
 

You may also like