सरकारबाट बाहिरिने एमालेको तयारी

by समतल अनलाइन

काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ । आज (शुक्रबार) साँझ बालुवाटारमा बसेको आठ दलको वैठकल राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले भोलि (शनिबार) बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने जानकारी राष्ट्रपतिलाई दिएको एमालेका एक नेताले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like