कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १८ पैसा र बिक्री दर १३१ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

यसअघि बिहीबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा रहेको थियो ।
यस्तै आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०९ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like