घनश्याम भूसाल गाडी चलाउँदा–चलाउँदै बेहोस भएपछि अस्पताल भर्ना

by समतल अनलाइन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।
आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका हुन् । त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

 
 
  
 

You may also like