‘राष्ट्रपति र सभामुख पदको निर्वाचनमा कांग्रेससहित सहमति जुटाउने प्रयास हुन्छ’

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससहित सहमति सहमति जुटाइने बताएका छन् ।

आज (शनिबार) सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सोमबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि आगामी ३ माघमा सर्वदलीय बैठक बोलाइएको जानकारी दिँदै प्रचण्डले भने, ‘राष्ट्रिय सहमति भएको छ । अब राष्ट्रिय इस्युमा पनि सहमति गरेर अघि बढियो भने ऐतिहासिक हुन्छ । ३ गतेको बैठकमा यसबारे छलफल हुन्छ ।’

अब कांग्रेसले मलाई राष्ट्रपतिमा भोट हालेको जस्तो गरी सभामुख बन्छ कि बन्दैन भन्ने हो,’ प्रचण्डले भने, ‘मेरो कोशिस सहमति बनाएर जाउँ भन्ने छ ।’ राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति नभएको पनि उनले बताए ।
उनले कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको पनि बताएका छन्ण्ण् ।

‘अस्ती ओली र मैले सहमति गर्दा कांग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिएको थियो । जब मलाई कांग्रेसले पनि समर्थन गरिसकेपछि मेरो पनि जिम्मेवारी हुने भयो । त्यसैले मैले कांग्रेस लगायतका दललाई धन्यवाद पनि भन्नुपर्नेछ, र राष्ट्रपति सभामुखलगायतका विषय के गर्ने भनेर छलफल गर्नुपर्नेछ’ उनले भने ।

 
 
  
 

You may also like