राजनीतिक स्थायित्वका लागि हालको गठबन्धन टिकाउनु पर्छ : उपमहासचिव ज्ञवाली

by समतल अनलाइन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनलाई टिकाइ राख्नु पर्ने बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता संघर्ष ३० वर्षमा २८ सरकारको नालीबेली पुस्तकको लोकार्पण गर्दै ज्ञवालीले मुलुकमा छिटो–छिटो सरकार परिवर्तन हुने दीर्घरोग भएको र यसको अन्त्यका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।

उनले प्रत्यक्ष र समानुपातिकको मिश्रित निर्वाचन प्रणालीको अभ्यास गर्दा भरपर्दो एलाइन्स बनाउनुपर्ने उल्लेख गरे । दलीय असफलताका लागि निर्वाचन प्रणालीको कानूनलाई परिवर्तन गर्ने सोच राख्नु उपयुक्त नहुने उनको भनाइ छ ।

ज्ञवालीले निर्वाचन अघि बन्ने एलाइन्स परिणामपछि लगतै भत्किने देखिएको र यस्तो अवस्थामा राजनीतिक स्थायित्वको खोजी प्राज्ञिक ढंगले गर्नुपर्ने धारणा राखे ।

 
 
  
 

You may also like