हरियाली सहकारीको २५ औं साधारण सभा

by समतल अनलाइन

बुटवल । तिलोत्तमा नगरपालीकाका नगर प्रमख तथा नेपाल सहकारी बोर्डका संचालक रामकृष्ण खाणले सहकारीको बिकासबाट मुलुकको आर्थिक बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभएको छ । बुटवलस्थित हरियाली बहुउद्देस्सिय सहकारी संस्थाको २५ औं साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख खाणले नेपालको सहकारी आन्दोलन सफलतातर्फ उन्मुख भएको उल्लेख गर्नुभएको हो ।

नेपालमा सहकारीको बिकासबाट निम्न र निम्नमध्यम बर्गिय समुदायका जनताको आर्थिक र सामाजिक बिकासमा टेवा पुराएको भन्दै सहकारी बोर्डका संचालक समेत रहेका मेयर खाणले अव सहकारीहरुको लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्ने कुरामा जोड दिनु भएको छ । उहाँले भन्नुभयो—सहकारी आर्थिक बिकासको मेरुदण्ड हो ।

बिसं २०५४ सालमा स्थापना भएको सो सहकारीको सदस्य संख्या ५ सय ३४ र बार्षिक बजेट करिब ५ करोड रहेको अध्यक्ष सिद्धार्थ कुमार शाक्यद्धारा साधारण सभामा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ । सो अवसरमा सहकारीका अध्यक्ष सिद्धार्थकुमार उदय, पुर्वअध्यक्ष आशा श्रेष्ठ, सल्लाहकार हरिध्वज मल्ल, उपाध्यक्ष बेधानिधी रिजाल, सचिव राजु भारी, कोषाध्यक्ष प्रदिपमान सिमांगैडा, सदस्य सुरेश बज्राचार्यलगाएतले सहकारीले आफ्ना सदस्यहरुको मात्र नभै समाजकै बिकासमा योगदान पुराएको चर्चा गरेका थिए ।

कार्यक्रममा सहकारीका जेष्ठ सदस्य, असल ऋणि, सदस्य परिवारका जेहन्दार बिद्यार्थीहरु र असल सदस्यलाई सम्मान गरिएको थियो । ए—प्लस ग्रैड लिएर गतबर्ष एसईई उत्तिर्ण सहकारीका सदस्यपरिवारका ३ जना बिद्यार्थीहरुलाई पनि सो अवसरमा पुरस्कृत गरिएको थियो ।

 
 
  
 

You may also like