नमस्ते नेपालले खुल्ला समिक्षा एवं वृहत साँस्कृतिक कार्यक्रम गर्ने

by समतल अनलाइन

बुटवल । नैतिकवान विवेकशिल व्यक्तित्व, अबको नेपाल युवाको नेतृत्व भन्ने मुल नाराका साथ स्थापना भएको नमस्ते नेपाल रुपन्देहीले खुल्ला समिक्षा एवं वृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

आगामी कात्तिक २७ गते बुधबार शंकरनगर चोकमा कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष अर्जुन खरेलले बुटवल अनलाइनलाई जानकारी दिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य विष्णु पौडेल, प्रदेश सभा सदस्य लिला गिरी र तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरे लगायतले सम्बोधन गर्नेछन् ।

वर्तमान सरकार बनेको २ वर्षमा चुनाबको समयमा नेताहरूले गरेका प्रतिवद्धता (बाचा) कति पुरा भए, जनताले चुनेका जन प्रतिनिधिहरूले जनताका समस्याहरू कति समाधान गरे ? जनप्रतिनिधिको कामबाट जनताहरू कति सन्तुष्ट छन् लगाएका बिषयमा छलफल हुने अध्यक्ष खरेलले बताए । यस संस्थाले चुनाब अगाडी चुनाबी प्रतिवद्धता घोषणा कार्यक्रम गरेको थियो त्यसैलाई निरन्तरता दिदै २ वर्षपछि समीक्षा कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा जन गाएक जीवन शर्मा लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको समेत बिशेष प्रस्तुति रहनेछ । युवाहरूको संजाल भएको नमस्ते नेपालले विगतमा पनि विभिन्न सामाजिक कामहरू गर्दै आईरहेको छ ।

 
 
  
 

You may also like